अर्को महिनादेखि जर्मनीमा सुरु हुन लागेको युरो कप फुटबलका लागि नेदरल्यान्ड्सले टोली घोषणा गरेको छ । प्रशिक्षक रोनाल्ड कोएम्यानले गत राति ३० जना खेलाडीलाई समावेश गर्दै आफ्नो युरो कप टिम सार्वजनिक गरेका हुन् । डच टिमको घोषित टोलीमा अहिले ३० जना खेलाडी समावेश भए पनि युरो कप सुरु हुँदासम्म यहाँबाट ४ जना खेलाडीको नाम कटौती हुनेछ । टिममा २६ भन्दा बढी खेलाडी राख्न पाइँदैन ।

यसअघि २३ जना मात्रै खेलाडी राख्न पाइने नियम भएकोमा केही समयअघि मात्रै युईएफएले थप ३ जना खेलाडीको संख्या बढाएर बढीमा २६ जनासम्म टिममा राख्न पाइने नियम लागू गरेको छ । जुन १४ बाट सुरु हुने युरो कपमा नेदरल्यानड्ससले पहिलो खेल जुन १६ मा नेदरलयान्ड्ससँग खेल्दै युरो कप यात्राको सुरुआत गर्नेछ । समूह ‘डी’मा रहेको नेदरल्यान्ड्सले आफ्नो समूहमा पोल्यान्डसँगै फ्रान्स र अस्ट्रियाको सामना गर्नेछ ।

नेदरल्यान्ड्सको घोषित टोलीमा प्रमुख खेलाडीहरूमा नाथन एके, मेम्फिस डिपाए, भर्जिल भान डाइक, डेन्जेल डमफ्रिज, कडी गाक्पो, फ्रेन्की डियोङ, म्याथिस डि लिग्ट, जाभी सिमोन्स, जर्जिन्हो विज्नाल्डुम लगायत खेलाडी समावेश छन् । युरो कपमा समूह ‘डी’लाई दोस्रो कठिन समूह मानिएको छ । यस समूहमा नेदरल्यान्ड्ससँगै फ्रान्स, पोल्यान्ड र असिस्ट्रयाजस्ता बलिया टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *