युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ। कोपा इटालियाको फाइनलमा आफ्नो सन्तुलन गुमाएपछि उनलाई कारबाही गरिएको हो।

स्टेडियो ओलिम्पिको, रोममा बुधबार सम्पन फाइनल खेलमा घरेलु टोली एटलान्टविरुद्धको खेलको इन्जुरी समयमा उनले रेफ्रीको एक निर्णयप्रति आपत्ति जनाएका थिए।

उनले आफ्नो ज्याकेट च्याते र रेफ्रीलाई व्यंग्यात्मक रूपमा ताली बजाएका थिए। त्यसैले उनलाई रातो कार्ड देखाइएको थियो। उक्त खेलमा युभेन्ट्सले एटलान्टालाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो।

लिग जजको रिपोर्टअनुसार एलेग्रीले आक्रामक व्यवहार गरेका थिए र रेफ्रीप्रति अपमानजनक भाषा र हाउभाउ प्रयोग गरेका थिए। त्यसैले उनलाई पाँच हजार युरो (पाँच हजार ४०० अमेरिकी डलर) जरिबाना पनि सुनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *