कप्तान लियोनल मेसीले बेन्चबाट आएर गोल गरेको खेलमा इन्टर मियमीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा जित हासिल गरेको छ ।
मियमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो ।
चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे। फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे ।
खेलको २३औं मिनेटमा टेलरको गोलमा मियमीले सुरुवाती अग्रता लियो । ५५औं मिनेटमा मैदानमा प्रवेश गरेका मेसीले मैदान प्रवेश गरेको दुई मिनेटमै मियमीका लागि दोस्रो गोल गरे ।
खेलको ८०औं मिनेटमा गोल गर्दै फिलाडेल्फियाका गजडागले खेलमा टोलीलाई फर्काउने कोसिस गरे पनि थप गोल हुन नसक्दा मियमीले जित हासिल गर्यो ।
जितसँगै मियामी कन्फ्रेन्स इस्टमा ५ खेलमा १३ अंकका साथ शीर्ष स्थानमा छ । फिलाडेल्फिया ६ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।
