नेपालका तीन रेफ्रीले आई-लिगको फाइनल खेल खेलाउने भएका छन् ।
भारतीय फुटबल महासंघ (एआइएफएफ) का अनुसार आइतबार हुने चर्चिल ब्रदर्स र इन्टर काशीबीचको खेल नेपाली रेफ्रीले खेलाउने भएका हुन् ।
चर्चिलको घरेलु मैदान राई पञ्चायतमा खेल अपरान्ह ४:४५ बजे हुनेछ । उक्त खेलमा प्रज्वल क्षेत्री मुख्य रेफ्री रहने छन् । यस्तै, नानिराम थापा मगर र सहदेव श्रेष्ठ सहायक रेफ्री रहने एआइएफएफले जनाएको छ ।
गोवाको क्लब चर्चिल तेस्रो आई-लिग उपाधिनजिक छ । चर्चिलले सन् २००८-०९ २ २०१२-१३ मा लिग जितेको थियो । यस्तै, २००७-०८, २००९-१० र २०२०-२१ को सिजनमा चर्चिल उपविजेता भएको थियो ।
यो सिजन चर्चिल र काशीले २० खेलबाट समान ३८ अंक जोडेका छन् ।
