जर्मन बुन्डेसलिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले सेन्ट पाउलीमाथि रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले पाउलीलाई ३-२ ले हरायो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लिरोय सानेले दुई तथा ह्यारी केनले एक गोल गरे । पोउलीका लागि इलियास साद र लार्स रिटज्काले गोल फर्काए ।

खेलको १७औं मिनेटमा केनले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । १० मिनेटपछि नै सादले पाउलीलाई बराबरीमा ल्याए ।

सानेले ५३ र ७१औं मिनेटमा गोल गर्दा बायर्न ३-१ ले अगाडि बढ्यो । इन्जुरी सामयमा रिटज्काले गोल गर्दै पाउलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

जितसँगै बायर्नको शीर्ष स्थानमा २७ खेलमा ६५ अंक भएको छ । पराजित पाउली समान खेलबाट २५ अंकका साथ १५औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *