पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् ।

सेमीफाइनल समिकरणमा घरेलु टोली गण्डकीले शसस्त्र प्रहरीको एपिएफ क्लब संग भेट पक्का गर्दा दोस्रो सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबल क्लब र कोशी प्रदेश आमने सामने हुनेछन् । प्रतियोगिता अन्तर्गत तेस्रो स्थान र उपाधि भिडन्त समेत भोली (मंगलबार) हुने संघका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ। आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९-१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे ।

समुह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक-एक अंक बाडेका छन् । खेल २०-२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन् ।

समूह ‘बि’ तर्फ आर्मीले लुम्बीनिलाई ३७-२१ ले हराउँदै कुल ६ अंकका साथ शिर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीका सुरेश महतोले सर्वाधिक ९ गोल गरे ।

सो समूहबाट एपिएफ उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । एपिएफले आइतबार लुम्बिीन प्रदेशलाई हराएको थियो । एपिएफको ३ अंक रहँदा लुम्बनी अंकविहिन हुँदै बाहिरियो ।

समूह ‘ए’ तर्फकै अर्को खेलमा कर्णालीले सुदुरपश्चिमलाई ३७-२७ गोलले हरायो । कर्णालीको जितमा महेश थापाले ११ गोल गरे । समूह ‘ए’ बाट गण्डकी शीर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा गण्डकीले कोशीलाई ३७-२५ ले हराएपनि कोशीले सेमीफाइनलमा स्थान बनाएको छ । तीन खेल खेलेको गण्डकी विजेता बन्दै कुल ९ अंक रह्यो । सोही समुहबाट कोशी र कर्णालीको समान चार-चार अंक रहेपनि गोलअन्तरको आधारमा कोशी अन्तिम चारमा प्रवेश गरेको हो । कोशीले कर्णाली भन्दा ३ गोल कम खाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *