ह्यान्डबल टोली बंगलादेश जाने

२०८३, २६ जेष्ठ मंगलवार २०:१६

काठमाडौं । आईएचएफ यु–२० तथा यु–१८ पुरुष जुनियर ह्यान्डबल ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ । प्रतियोगिता जुन १० देखि १४ तारिखसम्म हुनेछ ।

यु–२० मा रोशन विक, हविन छन्त्याल, विश्वास गायक, सुदिप घले, केभिन गुरुङ, निरज गुरुङ, रितिक परियार, सुन्दर फगामी, निसान पुन, विकल पुन, मिसन पुन, रिजन श्रेष्ठ, सोनिस तामाङ र विवेक थापाले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा दिनेश श्रेष्ठ रहेका छन् ।

यु–१८ उमेरसमूहका खेलाडीमा अनिस विक, अल्विन गुरुङ, सुजल गुरुङ, दिब्य गुरुङ, सुविन पुन, सितल गुरुङ, निसान गुरुङ, आदिस फगामी, प्रज्ज्वल पौडेल, संस्कार पुन, कुशल पुन, सुमित पुन, अनमोल श्रेष्ठ र सुशान थापा छन् । प्रशिक्षकमा विशाल बस्नेत तथा अफिसियलमा कृष्ण चोङवाङ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी ब्यञ्जनकार र सल्लाहकार राजु सिंहले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *