काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ह्यान्डबल संघको तदर्थ समिति गठन गरेको छ । कृष्णबहादुर चोङवाङको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
समितिका सदस्यहरुमा झविला श्रेष्ठ, तुल्सीराम न्यौपाने, जोनिल सुवेदी र विकास गिरी रहेका छन् । समितिले ३ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु पर्ने छ ।
