तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसी भिड्ने छन् । 

एनएसएलको दोस्रो खेलमा १७ चैतमा बुटवल लुम्बिनी र झापा एफसी प्रतिस्पर्धा गर्ने छन् । १६ चैतबाट सुरु हुने तेस्रो संस्करणको एनएसएलको फाइनल खेल १३ वैशाखमा हुनेछ । एनएसएलको सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् । 

खेल दिउँसो २ः३० र साँझ ६ बजे हुने आयोजकले जनाएको छ । योपटक लिगमा सात टोलीको सहभागिता रहनेछ । लिग चरणमा कुल २१ खेल हुनेछन् । 

प्ले अफमा फाइनल सहित ४ खेल हुनेछ । यसरी यो पटक एनएसएलमा २५ खेल सञ्चालन हुनेछन् । लिग चरणका उत्कृष्ट दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । यो खेल बैशाख ६ गते हुनेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले भने दोस्रो क्वालिफायर खेल्नेछन् ।

पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायरमा पराजित भएको टोली र दोस्रो क्वालिफायर विजेता टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीले फाइनलमा स्थान बनाउने छ।

दोस्रो क्वालिफायर बैशाख ७ गते हुनेछ । इलिमिनेटर बैशाख १० र फाइनल बैशाख १३ गते हुनेछ ।

एनएसएलको यसअघि अक्सन भैसकेको छ। ‘सी’ क्याटगरीको लागि ड्राफ्ट पनि गत साता सकिएको छ । विदेशी खेलाडीको हकमा अधिकांश टोली खेलाडी अनुबन्ध गरिसकेको छ ।

यो पटक लिगको प्रमुख प्रायोजक एनसेल रहेको छ । आयोजकले यो पटकको पुरस्कार रकम भने सार्वजनिक गरेको छैन ।

खेल तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *