प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टिम घोषणा भएको छ ।
शुक्रबार लुम्बिनी प्रदेश क्रिकेट संघले देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुदैछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ ।
लुम्बिनी प्रदेशको पहिलो खेल उद्धघाटनको दिननै कोशी प्रदेशसँग भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ ।
सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
लुम्बिनीको टिम:

