नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन प्रक्रियामा सहभागी हुनुको कारण बारे थप स्पष्टताका लागि ७ खेल संघलाई आफ्नो निर्णय पुस्तिकासहित उपस्थित हुन सम्बन्धित पदाधिकारीलाई छलफलमा बोलाउने बिहीबार बसेको छानविन कार्यदलको पहिलो बैठकले निर्णय गरेको छ ।

कार्यदलकी संयोजक राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठको अध्यक्षतामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बसेको बैठकले एनओसीको निर्वाचनमा सहभागी नेपाल र्याफटिङ एन्ड क्यानोइङ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल कराते महासंघका पदाधिकारीलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो ।

‘उहाँहरुले राखेपमा पत्र पनि बुझाउनु भएको छ । थप स्पष्ट हुन हामीले उहाँहरुलाई निर्णय पुस्तिकासहित छलफलका लागि बोलाउने निर्णय गरेका हौं ।’ संयोजक श्रेष्ठले भनिन् ।

सो विषयमा छानविन गर्न राखेप कार्यकारी समितिको ३४ औं बैठकले श्रेष्ठको संयोजकत्वमा खेलकुद विकास विभाग विभागका प्रमुख सरोजकुमार पोखरेल र सोही विभागका प्रशासकीय अधिकृत सानुराज केसी सदस्य रहने गरी ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *