इसान अध्यक्षमा श्रेष्ठ निर्विरोध

२०८१, १ फाल्गुन बिहीबार २०:३२

काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को साधारण सभाले जनक शिक्षा सामाग्री केन्द्रका रामविनय श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा जनक शिक्षा सामाग्रीका रामबहादुर कुँवर, सचिवमा कृषि विकास बैंकका मणिराम ढुंगेल र कोषाध्यक्षमा साम्राज्य शाक्य रहेका छन् ।

दुग्ध विकास संस्थानका भूवन त्रिपाठी, नेपाल वायु सेवा निगमका शिशीर ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका टेकबहादुर बुढा, नागरिक उड्डयन प्राधिकरणका साहासन कायश्थ, नागरिक लगानी कोषका अनिल बस्नेत, नेपाल बैंक लिमिटेडका मोहन श्रेष्ठ र नेपाल प्रज्ञा प्रतिष्ठानका ऋषिराम गिरी सदस्यमा चयन भए ।

साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीलगायतको उपस्थिति रहेको थियो । साधारण सभा १९ संस्थाका ३८ प्रतिनिधि उपस्थित थिए। इसानमा २२ संस्था आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *