नेपाल ऱ्याफ्टिङ्ग एन्ड क्यानोईङ्ग सङ्घको आयोजनामा वार्षिक कार्यक्रम अनुरूपको १३औं राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ ।

चितवनको फिस्लिङ्ग, त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङले स्वर्ण पदक प्राप्त गरे । गुरुङले १२३.३२ अङ्क ल्याइ स्वर्ण जितेका हुन् । दोस्रो स्थानमा रहेको गोरखाका रविन चेपाङ १५०.६१ अङ्कका साथ रजत र तेस्रो स्थानमा रहेको चितवनकै विक्रम गुरुङ १५४.४५ अङ्कका साथ कस्य पदक प्राप्त गर्न सफल भएका थिए ।

विजयी खेलाडीहरूले मेडल, प्रमाण पत्रका साथ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद प्राप्त गरे । खेलाडीहरूलाई नेपाल ऱ्याफ्टिङ्ग एन्ड क्यानोईङ्ग सङ्‌घका वरिष्ठ उपाध्यक्ष सूर्य जोशी, सङ्घका महासचिव एवं अन्तर्राष्ट्रिय निर्णायक सुदीप गौतम, कोषाध्यक्ष महेश थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण तथा समापन समारोहलाई वरिष्ठ प्रशिक्षक निम बहादुर मगरले बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

दुई दिने प्रतियोगिताको अन्तिम चरणमा २ महिला सहित ३८ खेलाडीहरूको सहभागिता रहेको थियो । त्रिसुली नदीमा ६ वटा अपस्ट्रिम गेटका साथ १३ वटा गेटमा प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई सफल पार्न ५ अन्तर्राष्ट्रिय सहित १७जनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *