भरतको चेन्नाई सहरमा आयोजना हुने एसिया ट्राइयाथलन कपमा सहभागी हुन जाने नेपाली ट्राइयाथलन टोलीलाई आज बिदाइ गरिएको छ ।
संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र महासचिव युवराज सुनुवारले टोलीलाई बिदाइ गरेका हुन् ।
चेन्नाई जाने टोलीमा पुरुष तर्फ मौलिक महजैन र यजु महर्जन तथा महिला तर्फ युस्का महर्जन रहेका छन् । यस्तै टिम व्यवस्थापकमा मिकेन महर्जन र निर्णायकहरूमा शुभ श्रेष्ठ र विनोद तण्डुकार रहेका छन् ।
फागुन ४ (१६ फेब्रुअरी) मा आयोजना हुने एसिया कपमा सहभागी हुन मौलिक महर्जन र युस्का महर्जन बेङ्गलोरबाट सिधै चेन्नाई पुग्ने महासचिव सुनुवारले जानकारी गराए । मौलिक र युस्का एसिया कपका लागि बेङ्गलोरमा प्रशिक्षण रत रहेका छन् ।
