किलियन एमबाप्पेले रियल मड्रिडलाई घरेलु मैदानमा हारबाट जोगाएका छन् ।
शनिबार राती भएको मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिडसँँग १-१ को बराबरी खेल्दा किलियन एमबाप्पेले गोल गरेका थिए ।
सान्तियागो बार्नाबेउमा ७८ हजार समर्थकमाझ जुलियन अल्भारेजले ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । किलिएन एम्बाप्पेले खेलको ५०औं मिनेटमा गोल फर्काउँदै रियललाई हारबाट जोगाएका हुन् ।
बराबरीपछि रियल ५० अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ४९ अंकको एट्लेटिको दोस्रो स्थानमा रह्यो । खेल जितेको अवस्थामा एट्लेटिकोलाई शीर्ष स्थानमा उक्लने अवसर थियो । एक खेल कम खेलेको बार्सिलोना ४५ अंकसहित तेस्रो स्थानमा छ ।
