इस्लामाबादमा अभिलाषा विजयी

२०८३, २७ आश्विन मंगलवार २०:३२

नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु १५ इस्लामाबादको सर्किट– २ मा मंगलबार जित हात पारेकी छन् ।

पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले रुसकी अन्ना सिम्किनालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरिन् ।

उक्त खेल अवलोकन गरेकी पाकिस्तानका लागि नेपालकी राजदूत रिता दाहालले अभिलाषालाई बधाइ दिदै आगामी खेलका शुभकामना दिएकी थिइन् ।

प्रिक्वाटरफाइनलमा अभिलाषाले थाइल्यान्डकी कामोनवान योडपेचसंग बुधबार प्रतिस्पर्धा गर्ने छिन् । कामोनवान जारी प्रतियोगितामा दोश्रो वरीयता प्राप्त खेलाडी हुन् ।

डब्लुटीएको विश्व वरीयतामा अभिलाषा १ हजार ५ सय १० स्थानमा रहेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी १५ हजार अमेरिकी डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *