अभिलाषाको विजयी सुरुआत

२०८३, २१ आश्विन बुधबार २१:४५

नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले डब्लु १५ इस्लामाबादमा बुधबार विजयी सुरुआत गरेकी छिन् ।

पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताअन्तर्गत सर्किट– १ को महिला सिंगल्समा अभिलाषाले पाकिस्तानकी रोमिसा मलिकलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरिन् । जितसंगै अभिलाषा प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । प्रिक्वाटरफाइनलमा अभिलाषाले रुसकी खेलाडीसंग बिहीबार प्रतिस्पर्धा गर्ने छिन् ।

डब्लुटीएको विश्व वरीयतामा अभिलाषा १ हजार ५ सय १० स्थानमा रहेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् । अक्टोबर ११ तारिखसम्म चल्ने प्रतियोगिताको कुल पुरस्कार राशी १५ हजार अमेरिकी डलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *