काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिका ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा बिहीबार फाइनलमा प्रवेश गरेको छ । ज्ञानोदयको ब्वाइज/गल्र्स दुवै टोली फाइनलमा पुगेको हो ।

बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइजको सेमिफाइनलमा ज्ञानोदयले रातो बंगलालाई ४२–३० ले पराजित ग¥यो । ज्ञानोदयका साइमन दानीले २१ अंक जोडे । अर्को सेमिफाइनलमा लिटिल एन्जल्स (एलए) ले एलआरआईलाई ४५–२५ ले हरायो । एलएका आयुश गोइतले २४ स्कोर गरे ।

गल्र्सको सेमिफाइनलमा ज्ञानोदयले रातो बंगलालाई ३६–२२ र पाखा लगायो । ज्ञानोदयकी सुवेक्षा वज्राचार्यले २४ स्कोर गरिन् । अर्को सेमिफाइनलमा मल्पी इन्टरनेसनलले एलएलाई १३–९ ले हराउदा खुशी प्रिया कासुलाले १० अंक जाडिन् ।

ब्वाइज फुटबलमा रातो बंगला र ज्ञानोदय उपाधिका लागि भिड्ने छन् । रातो बंगलाले डिएभीलाई ३–० गोलले पराजित ग¥यो । सिद्धान्त राईले २ तथा अर्नव श्रेष्ठले १ गोल गरे । सोनाम भट्टचनको निर्णायक गोलमा ज्ञानोदयले एलएलाई १–० गोलले हरायो ।

छ टिम सहभागी गल्र्स फुटबलको सुपर लिगमा दोश्रो स्थानमा रहँदै रातो बंगलाले फाइनल यात्रा तय ग¥यो । रातो बंगलाले त्रियोगमाथि ५–० को सहज जित दर्ता ग¥यो । सान्भी रावलले २ तथा श्रीयुक्ति शाह, सान्भी शर्मा र प्रशंसा कंसाकारले समान १–१ गोल गरे । फाइनलमा रातो बंगलाको भेट एभीएमसंग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *