एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडौं रेड्सले दोस्रो जित निकालेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौं रेड्सले सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१२ ले जितेको काठमाडौं रेड्सले दोस्रो सेट भने २२ -२५ सगरमाथा स्म्यासर्सलाई सुम्पिएको थियो ।

त्यसपछि काठमाडौं रेड्सले तेस्रो सेटमा २५-१८ र चौथो सेटमा २५- २० को जित निकालेको हो । विजेता टोलीका अहमद मुस्तफा ‘प्लेयर अफ द म्याच’ चुनिए ।

काठमाडौंको ३ खेलमा ४ अंक पुगेको छ । मधेशलाई ३-२ ले हराएको काठमाडौं अन्नपूर्ण स्पाइकर किङ्ससंग सोझो सेटमा पछि परेको थियो । 

सगरमाथाको ४ खेलमा यो लगातार दोश्रो हार हो । सोमबार कर्णालीले सगरमाथालाई प्रतिस्पर्धात्मक खेलमा ३-२ ले हराएको थियो । सगरमाथाले पहिलो खेलमा मधेशलाई ३-१ तथा खप्तड फाल्कन्सलाई ३-० ले पराजित गरेको  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *