रामेछाप जिल्ला भलिबल संघको अध्यक्षमा निराज योञ्जन चयन भएका छन् । आइतबार मन्थलीमा सम्पन्न संघको पाचौं जिल्ला अधिवेशनबाट योञ्जन अध्यक्षमा चयन भएका हुन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सीताराम कार्की सहितको उपस्थितिमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अशोक श्रेष्ठ, महासचिवमा राजु थापामगर र कोषाध्यक्षमा वासुदेव फुयाँल चयन भएका छन् ।

जिल्लामा खेलकुदका गतिविधिलाई चलायमान गर्न विभिन्न कार्य गर्दै आएको संघको जिल्ला सदस्यमा मनिक तामाङ, शेरबहादुर मगर, कमला थापा र गोपाल श्रेष्ठले सदस्यको जिम्मेवारी पाएका छन् ।

नेपाल भलिबल संघले देशभरका जिल्ला संघहरूलाई असोज ५ गते भित्र जिल्ला अधिवेशन सम्पन्न गर्न परिपत्र गरेपछि रामेछाप जिल्ला संघले पनि अधिवेशन मिति तोकेको थियो । अधिवेशन सम्पन्न गराउन नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश अधिवेशन संयोजक गौतम प्रसाद लासिवा, सदस्य दीपक लामा र निलम बज्राचार्यको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *