नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा काठमाडौं रेड्सलाई पराजित गर्दै कर्णाली शिवराज फाइनल प्रवेश गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा कर्णाली शिवराजले काठमाडौं रेड्सलाई ३–१ सेटले पराजित गरेको हो ।
कर्णाली शिवराजले काठमाडौं रेड्सलाई २५–२१, २०–२५, २५–२३ र २५–२२ ले हराएको छ ।
अन्नपूर्ण स्पाइकर किंग्स भने ४ जित सहित १२ अंलको साथमा तालिकाको शीर्ष स्थानमा रहेर सिधै फाइनलमा स्थान बनाएको हो ।
फाइनल खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग कर्णाली शिवराजले शनिबार ४ बजे राखेपको कभर्ड हलमा खेल्नेछ ।

