काठमाडौं । कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकको सह-प्रयोजनमा सञ्चालित ‘इनडोर सुपर लिग’ सिजन-२ अन्तर्गत छैटौँ दिनका क्वालिफायर-१, एलिमिनेटर र क्वालिफायर-२ का प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् ।
दिनको पहिलो खेल (क्वालिफायर-१) मा पोखरा वारियर्सले काठमाडौँ कैलाश किंग्सलाई पराजित गर्दै सिधै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दिपेश श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
त्यसैगरी, एलिमिनेटर खेलमा बुटवल एम्पायरले मिक्समान्डुमाथि शानदार जित निकाल्दै क्वालिफायर-२ को यात्रा तय गरेको थियो, जसमा प्रनित थापा मगर ‘प्लेयर अफ द म्याच’ चुनिए ।
उपाधि होडको अर्को दाबेदार छनोटका लागि भएको क्वालिफायर-२ मा बुटवल एम्पायरले काठमाडौँ कैलाश किंग्सलाई पराजित गर्दै फाइनलको यात्रा पक्का गर्यो। यस खेलमा उत्कृष्ट खेल पस्किएका सचिन लेखक ‘प्लेयर अफ द म्याच’ बन्न सफल भए ।
