विराटनगर । विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिप अन्तरविद्यालय यू–१८ फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन दुई खेल सम्पन्न भएका छन् ।
शुक्रबार बिहान सहिद रंगाशालामा भएको पहिलो खेलमा विराटनगरको ग्रिनल्याण्ड स्कुलले मार्टर्स मेमोरियल स्कुललाई १–० गोल अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा ग्रिनल्याण्डका सिद्धान्त सिटौलाले निर्णायक एक गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए ।
त्यस्तै, शुक्रबार बिहानै सम्पन्न दोस्रो खेलमा उर्लाबारीको सुनगाभा स्कुलले विराटनगरको आदर्श स्कुललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
एशियन पेन्ट्सको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता भदौ ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न २२ विद्यालयका टोलीको सहभागिता रहेको छ ।
