काठमाडौं । युरो स्कुल, हात्तीगौडाले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ ।

युरोले सिनियर ब्वाइज÷गल्र्स दुवैमा सफलता पायो ।

बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा युरोले टीआईएलाई ४१–३७ ले पराजित गर्यो । युरोका रुबेन घिमिरेले १८ अंक जोडे ।

सिनियर गल्र्समा युरोले काठमाडौं युरो आईबी वल्र्ड स्कुललाई २४–५ ले सहजै हरायो । युरोकी आनिया श्रेष्ठले ८ स्कोर गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *