काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुल र डिभाइन प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
संस्कृति सिनियर ब्वाइज तथा डिभाइन जुनियर ब्वाइजमा सेमिफाइनलमा पुगेका हुन् । विजेता दुवैले न्यु मिलिनियमलाई पराजित गरे । बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धामा संस्कृतिले न्यु मिलिनियमलाई ४९–२४ ले पराजित गर्यो । संस्कृतिको जितमा सत्यम अधिकारीले ८ अंक योगदान गरे । सेमिफाइनलमा संस्कृतिको भेट जेम्ससंग हुनेछ ।
अर्को सेमिफाइनलमा निस्ट र युरो स्कुल भिड्ने छन् । जुनियर ब्वाइजमा सन्सब थापाको ८ अंक सहयोगमा डिभाइनले न्यु मिलिनियमलाई १८–११ ले हरायो । सेमिफाइनलमा डिभाइनले प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलको सामना गर्ने छ । अर्को सेमिफाइनल इम्पेरियल र डाफोडिलबीच हुनेछ ।
सिनियर गल्र्समा पनि सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा इम्पेरियलले काष्ठमण्डप विद्यालय तथा निस्टले मेरिडियन इन्टरनेसनल स्कुलसंग प्रतिस्पर्धा गर्ने छन् ।
