रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत फुटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ ।
रातो बंगलाले ब्वाइज÷गल्र्स दुवैमा सहज जित हात पार्यो । बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा भएको ब्वाइजको प्रतिस्पर्धामा रातो बंगलाले द एक्सेल्सियर स्कुललाई ७–१ गोलले पराजित गर्यो । रातो बंगलाका सिद्धार्थ राईले ह्याट्रिक गरे भने कृशान्त शेखर अमात्यले २ तथा वेदान्त भट्ट र आरण श्रेष्ठले समान १–१ गोल थपे ।
गल्र्समा रातो बंगलाले लिटिल एन्जल्स (एलए) लाई ६–० गोलले हरायो । रातो बंगलाका इभाना सुवेदीले ३ तथा श्रृयुक्ता शाह, आभा गुरुङ र सान्भी शर्माले समान १–१ गोल गरे ।
ब्वाइज फुटबलको अन्य प्रतिस्पर्धामा आयोजक ज्ञानोदय र पाठशालाले सफलता पाए । ज्ञानोदयले जेम्सलाई ५–० गोलले पाखा लगायो । ज्ञानोदयका प्रकाश थापा र सोनाम भट्टचनले समान २–२ तथा आबम प्रधानले १ गोल गरे । अदिल गुरुङको निर्णायक गोलमा पाठशालाले राई स्कुलमाथि १–० को कठिन जित दर्ता गर्यो । बास्केटबलको गल्र्समा मल्पीले डिएभीलाई १८–१६ ले पराजित गर्यो ।
मल्पीकी खुशी प्रिया कासुलाले ८ स्कोर गरिन् । ब्वाइजमा ज्ञानोदयले एलिक्सर एकेडेमीलाई ४२–१२ ले सहजै हरायो । ज्ञानोदयका रणवीर बस्ताकोटीले १२ अंक जोडे ।
