जिल्ला भलिबल संघ मोरङको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सुन्दरहरैँचा-८ स्थित ब्राइट फ्युचर माविमा भएको नवौं अधिवेशनबाट मदन जङ्ग राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि मोरङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष इन्द्र योन्जन तामाङ रहनु भएको थियो ।कार्यक्रममा अन्तराष्ट्रिय पूर्व भलिब्लल खेलाडी जय नारायण चौधरी, पूर्वाञ्चल भलिबल संघका पूर्व अध्यक्ष तथा नेपाल भलबिल संघका पूर्व केन्द्रीय सदस्य विश्वराज धिमाल, नेपाल भालबिल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्का, नेपाल भालबिल संघका केन्द्रीय सचिव विनोद सुबेदी, कोशी प्रदेश भनिबल संघका अन्ध्यक्ष खेम राई, महासचिव लेखनाथ पराजुली, उपाध्यक्ष विरवर थापा लगायतको उपस्थिति रहेका थियो ।
भलिबलको संस्थागत विकास, स्थानीयस्तरमा प्रतियोगिताको विस्तार र जगैदेखि नयाँ खेलाडी उत्पादन गर्ने मुख्य एजेन्डा सहित नयाँ समितिले जिम्मेवार तरिकाले काम गर्ने जनाएको छ । नवनिर्वाचित अध्यक्ष मदन जङ्ग राईले भलिबलको विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै जिल्लाका खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने र नियमित खेल गतिविधिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
विराटनगर निवासी मदन जङ्ग राई बिगत लामो समयदेखि भलिबल खेल खेल्दै आएका तथा पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।
