बीएमसीए र सेबको जित

२०८३, २५ भाद्र बिहीबार २०:५६

काठमाडौं । बीएमसीए र सेबले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बीएमसीले हिमालयलाई २२–१२ ले पराजित ग¥यो । बीएमसीएका सोनाम तामाङले १० अंक जोडे । सेबले गोल्डेनपिकलाई १५–१३ ले हरायो । सेबका मन्जिल गुरुङले ७ स्कोर गरे ।

जुनियर ब्वाइजमै ओडिसीले पारामाउन्ट एकेडेमीलाई ३०–१४, आयोजक ग्रिनल्यान्डले ज्ञान संस्कारलाई २६–१६ र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले फेरिल्यान्ड इन्टरनेसनल स्कुललाई १३–१० ले पाखा लगाए । ओडिसीका रोनिक मगरले ११, ग्रिनल्यान्डका प्रवेश चन्दले ८ र बीएनएका विमल चौधरीले ७ अंक बटुले ।

सिनियर ब्वाइजमा गोल्डेनपिकले नेसनल युनाइटेडलाई ४६–४५, भ्याली पब्लिकले ग्रिनल्यान्ड ‘ए’ लाई ४५–३४, ग्रिनल्यान्ड ‘बी’ ले स्वेता सदनलाई ३२–२० र भद्रकालीले ज्ञान संस्कारलाई ३१–२१ ले पन्छाए । गोल्डेनपिकका सुशिल गिरीले १६, भ्याली पब्लिकका सिउसक सिग्देले १२, ग्रिनल्यान्ड ‘बी’ का बेयोन गुरुङले १८ र भद्रकालीका सुगन दासले १४ स्कोर गरे ।

सिनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २७–१५, केभीकेएसएसले ज्ञान संस्कारलाई २४–१४ र ग्रिनल्यान्डले पारमाउन्टलाई २८–२० ले पराजित गरे । भ्याली पब्लिककी दृष्य गुरुङले १३, केभीकेएसएसकी सिर्जना धामीले ८ र ग्रिनल्यान्डकी दीक्षा गुरुङले १० अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *