काठमाडौं । डब्लुटीटी युथ कन्टेन्डर बैंककमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टेबल टेनिस टोली मंगलबार थाइल्यान्डको बैंकक पुगेको छ ।
टोली मंगलबारै थाइल्यान्ड प्रस्थान गरेको हो । सेप्टेम्बर ९ देखि १२ तारिखसम्म फेसन आइल्यान्ड बैंककमा हुने प्रतियोगितामा २ ब्वाइज तथा ४ गल्र्स खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
ब्वाइजमा सुगम पौडेल र निरभ महर्जन तथा गल्र्समा सुस्मिता खड्का, प्राज्ना महर्जन, उरवी सुवाल र आभा प्रधान रहेका छन् ।
खेलाडीले यु–१९ गल्र्स सिंगल्स, यु–१७ ब्वाइज सिंगल्स, यु–१५ ब्वाइज÷गल्र्स सिंगल्स, यु–१३ गल्र्स सिंगल्स र यु–१५ मिक्स डबल्समा सहभागिता जनाउने छन् ।
टोलीको प्रशिक्षकमा राकेश महर्जन छन् । प्रशिक्षक महर्जनका अनुसार प्रतियोगितामा २६ राष्ट्रको सहभागिता रहेको छ ।
