काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जानकारी गराए । ब्वाइज/गल्र्सतर्फ टिम तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्समा खेल हुनेछ । हरेक सिंगल्स स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा ४ देखि ५ सय खेलाडीको सहभागिता रहने टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले जानकारी दिए ।

प्रधानाध्यापक श्रेष्ठले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तर दिने बताउदै शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि विद्यार्थी उत्तिकै अब्बल हुन पर्छ भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गर्न लागिएको  बताए । उनले अन्य खेलका प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको बताए ।

पत्रकार सम्मेलनमा श्रेष्ठले विभिन्न खेलका १६ खेलाडीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको अवगत गराए । टेबल टेनिसमा ५, तेक्वान्दोमा ३, फुटबलमा ३, बास्केटबलमा ३, ब्याडमिन्टनमा १ र क्रिकेटमा १ खेलाडीलले आरम्भमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *