स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल म्याड्रिडले विजयी सुरुआत गरेको छ । जोसे माउरिन्होको दोस्रो कार्यकालको पहिलो खेलमा रियलले इस्पान्योललाई २–१ गोलले पराजित गरेको हो ।

शनिबार राति सम्पन्न खेलमा रियलले नवौँ मिनेटमै जुड बेलिङ्घमको गोलबाट अग्रता लिएको थियो। आर्दा गुलेरको क्रसमा बेलिङ्घमले हेडमार्फत गोल गरेका थिए ।

तर ३०औँ मिनेटमा एलेक्स कालात्राभाले इस्पान्योलका लागि बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुगेको थियो ।

निर्धारित समय सकिन लाग्दा रियलले निर्णायक गोल गर्‍यो । ९०औँ मिनेटमा वैकल्पिक खेलाडी कार्लोस एस्पीले गोल गर्दै रियललाई २–१ को रोमाञ्चक जित दिलाए। रियलका लागि यो एस्पीको पहिलो गोलसमेत हो ।

यससँगै माउरिन्होले १३ वर्षपछि रियलको प्रशिक्षकका रूपमा फर्किएपछि आफ्नो पहिलो आधिकारिक खेलमै जित हासिल गरेका छन् । रियलले नयाँ ला लिगा सिजनको सुरुआत तीन अंकबाट गरेको छ ।

अन्य खेलको नितजा
रियल बेटिस १–० रियल सोसिडाड
भ्यालेन्सिया ०–० सेल्टा भिगो
एथलेटिक बिल्बाओ १–३ सेभिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *