एलेक्स बाएनाको दुई गोलको मद्दतमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा सेभियालाई ३–१ गोलले पराजित गरेको छ ।
शनिबार राति सेभियाको मैदानमा भएको खेलमा एट्लेटिको जितमा बाएनाले खेलको चौथो र ३३औँ मिनेटमा गोल गरे । अडेमोला लुकम्यानले २६औँ मिनेटमा गोल थपेपछि एट्लेटिकोले पहिलो हाफमै ३–० को बलियो अग्रता बनाएको थियो ।
दोस्रो हाफमा सेभियाका मिगुएल सिएराले ६६औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि घरेलु टोलीले थप गोल गर्न नसक्दा एट्लेटिको ३–१ ले विजयी भयो ।
यो जितसँगै एट्लेटिकोले तीन खेलबाट ७ अंक जोडेको छ र ला लिगाको शीर्ष स्थानमा पुगेको छ । सेभियाको भने तीन खेलबाट ६ अंक रहेको छ ।
