कप्तान लियोनल मेस्सी एक्लैले चार गोल गरेपछि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा सीएफ मोन्ट्रियलमाथि ७–१ को शानदार जित निकालेको छ ।

आइतबार बिहान मियामी स्टेडियममा भएको खेलमा घरेलु टिम इन्टर मियामीलाई जित दिलाउन मेस्सीले ४०औँ, ५२औँ, ८३औँ र इन्ज्युरी समयको छैटौँ मिनेटमा गोल गर्दै ह्याट्रिकसहित ४ गाेल गरे । कासेमिरोले २०औँ मिनेटमा गोल गरेका थिए । लुइस सुआरेजले ८०औँ तथा अलेक्जेन्डर शाले ८९औँ मिनेटमा गोल थपे ।

मोन्ट्रियलका लागि फाबियन हर्बर्सले ३७औँ मिनेटमा एक गोल फर्काएका थिए ।

यो जितसँगै इन्टर मियामीले २१ खेलबाट १२ जित, ६ बराबरी र ४ हारसहित ४२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको छ । मोन्ट्रियल भने २१ खेलबाट ५ जित, ६ बराबरी र १० हारसहित २१ अंकमा १४औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *