साउदी किङ्स कपको राउन्ड अफ ३२ मा अल नासरले अल दिरियामाथि ४–१ को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
खेलको दोस्रो मिनेटमै ओस्कार रोड्रिग्वेजले गोल गर्दै अल दिरियालाई अग्रता दिलाएका थिए । तर अल नासरले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै ११औँ मिनेटमा मोहम्मद सिमाकानको गोलमार्फत खेल बराबरीमा ल्यायो ।
३५औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै अल नासरलाई २–१ को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि अब्दुल्लाह अल–हमदानले गोल थपेपछि पहिलो हाफमै अल नासर ३–१ ले अघि रह्यो ।
दोस्रो हाफमा फेलिक्सले ६८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरको जित ४–१ ले पक्का गरे ।
यस जितसँगै अल नासरले किङ्स कपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । क्रिस्टियानो रोनाल्डो भने यस खेलमा अनुपस्थित थिए ।
