काठमाडौं प्रज्ञा कुञ्जले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार दोहोरो जित हात पारेको छ ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको खेलमा काठमाडौं प्रज्ञा कुञ्जले युरो स्कुल, छाउनीलाई २–० तथा काष्ठमण्डप ‘बी’ लाई ४–० गोलले पराजित गर्यो ।

सिनियर ब्वाइजमा बौद्ध इन्टरनेसनल स्कुलले काठमाडौं प्रज्ञा कुञ्जलाई २–० तथा युरो, छाउनीले काठमाडौं प्रज्ञा कुञ्जलाई १–० गोलले हराए ।

युरो, छाउनी र बौद्ध इन्टरनेसनल तथा काष्ठमण्डप ‘बी’ र कान्जिरोवाले गोलरहित बराबरी खेले । क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगिताको जुनियर ब्वाइजमा रोजबडले युरो, छाउनीलाई २–०, अक्षराले बौद्ध इन्टरनेसनललाई २–०, अक्षराले युरो, छाउनीलाई १–० तथा काठमाडौं प्रज्ञा कुञ्जले कान्जिरोवालाई ५–० गोलले पाखा लगाए । रोजबड र बौद्ध इन्टरनेसनलबीचको खेल गोलरहित बराबरीमा सकियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *