काठमाडौं । प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपमा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताअन्तर्गत सोमबार सोम लामा र फुर्बा दोर्जे शेर्पाले समूह चरण पार गरेपछि अन्तिम आठमा पुग्ने सबै खेलाडीको छिनोफानो भएको हो ।

समूह चरणको अन्तिम दिन वेस्ट अफ सेभेन खेलमा सोमले नितेश खन्डवाललाई ४–२ र फुर्बाले राजन लामालाई ४–० ले हराए ।

क्वाटरफाइनल पुग्ने अन्य खेलाडीमा नेपालका नम्बर उक खेलाडी वाङचु तामाङ, रोहित क्षेत्री, राजन गुरुङ, आकाश गजमेर, विकास महर्जन र सविन तामाङ छन् ।

नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडी सहभागिता रहेको यस प्रतियोगितामा विभाजित चार समूहबाट शीर्ष दुई खेलाडीहरु क्वाटरफाइनलमा पुगेका हुन् ।

मङगलबार पहिलो क्वाटरफाइनलमा रोहितले विकासको सामना गर्नेछन् । सोही दिन आकास र सविनले पनि सेमिफाइनलमा पुग्न एकअर्कासँग खेल्नेछन्। क्वाटरफाइनलका खेल वेस्ट अफ नाइनमा खेलाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *