सुनसरी । सुनसरीको रामधुनीस्थित झुुम्कामा जारी झुम्का च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक झुम्का एफसी ‘ए’ फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार पिप्राहा मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा धरान–५ स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झुम्का उपाधि नजिक पुगेको हो ।
झुम्काको जितमा निस कुमार श्रेष्ठ र विनोद राईले १-१ गोल गरे । खेलको म्यान अफ द म्याच विजेता टिम झुम्काका निस कुमार श्रेष्ठ भए । उनले नगद १,१११ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
च्यालेन्ज कपमा आज शुक्रबार आयोजक झुम्का एफसी ‘बी’ र मधेसा युवा क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
झुम्का फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ र आसपासका क्षेत्रका आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ ।
