काठमाडौं । किङ्स क्रिकेट एकाडेमी,रोयल स्पोर्ट्स पार्क र त्रिकल्प ईभेन्ट्स को आयोजनामा भैइरहेको किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२मा याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनल प्रवेश गरेको छ ।
रोयल स्पोर्टस पार्कमा सम्पन्न भएको पहिलो क्वार्टरफाइनलमा पाङोलिन ट्राभल्सले बाकयार्ड ए लाई १७ रनले पराजित गर्यो ।
पाङोलिन ट्राभल्सले ५ विकेट गुमाएर ९७ रन बनाउएको थियो। पाङोलिन ट्राभल्स का लागि रविले ३७ र सुमितले २८ रन बनाए ।
जवाफमा बाकयार्ड ए ले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८० रन मात्र बनाउना सक्यो ।
अर्को क्वार्टरफाइनलमा याङ्री बोईज ले द क्यानन क्लब माथि ३५ रनको शानदार जित निकाल्यो । याङ्री बोईज ले ५ विकेट गुमाएर ७२ बनाएको थियो । याङ्री बोईज का लागि कृशले ३९ रनको योगदान दिए। जवाफमा द क्यानन क्लब ले ७ विकेट गुमाउदै ३७ रन मात्र बनायो ।
त्यस्तै, बाकयार्ड बि ले मिक्समाण्डुलाई ३२ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । बाकयार्ड बि ले ६ विकेट गुमाउदै ८७ रन बनाएको थियो। बाकयार्ड बिका लागि सक्षम ले उत्कृष्ट पारि खेल्दै ६९ रन बनाए । जवाफमा मिक्समाण्डुले ७ विकेट गुमाएर ५६ रन मात्र बनायो ।
चौथो क्वार्टरफाइनलमा रोयल स्पोर्ट्स पार्क ब्लु ले टिम एन्टि बायोटिक्स लाई २६ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । रोयल स्पोर्ट्स पार्क ब्लुले ६२ रन बनाएको थियो भने टिम एन्टि बायोटिक्स ३७ रन मै रोकियो । यससँगै याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल भदौ ८ गते सोमबार रोयल स्पोर्टस पार्कमा हुनेछ ।
