सीसीआरसी र मनास्लु फाइनलमा

२०८३, १६ श्रावण शनिबार २०:३५

काठमाडाैं। सीसीआरसी र मनास्लु एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले केभीसीलाई ९७–७२ ले पराजित ग¥यो । सीसीआरसीका विसन खड्काले ३१ अंक जोडे । पहिलो क्वाटर २२–२२ को बराबरीमा टुंगियो । दोश्रोमा ३३–१४ को अग्रता लिएको सीसीआरसी तेश्रोमा २२–२३ को झीनोअन्तरले पछि प¥यो । चौथो क्वाटर २०–१३ ले आफ्नो पक्षमा पार्दै सीसीआरसीले जितअन्तर फराकिलो बनायो ।

अर्को सेमिफाइनलमा मनास्लुले पुष्पसदनलाई ७५–६८ ले हरायो । मनास्लुका दिवस मगरले १६ स्कोर गरे । तेश्रो क्वाटरको समाप्तिसम्म मनास्लु समग्रमा ६ अंकले पछि परेको थियो । मनास्लु पहिलोमा १७–१९ र दोश्रोमा ८–२० ले पछि परेको थियो । त्यसपछिको खेलमा पुनारगमन गरेको मनास्लु तेश्रोमा २१–१३ र चौथोमा २९–१६ को अग्रता लिदै जित सुनिश्चित ग¥यो ।

दुवै टिम अपराजित फाइनल पुगेका हुन् । ५ टिम रहेको समूह ‘ए’ बाट सीसीआरसी तथा ४ रहेको समूह ‘बी’ बाट मनास्लु विजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए ।

एइसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजनमा पुल्चोकियन्स फिट्नेस हबले आयोजना गरेको प्रतियोगतामा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । फाइनल मंगलबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *