काठमाडौं । नेपाल बास्केटबल संघ, नेपाललय इन्टरनेशनल र प्याब्सनको संयुक्त आयोजनामा यू–१६ राष्ट्रिय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता असोज ५ देखि १३ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल, दशरथ रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा देशभरबाट ४० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

विद्यालय तहबाट बास्केटबल प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी थप प्रशिक्षण र मूल्याङ्कनमा समेटिने जनाइएको छ ।

प्रतियोगिताबाट पहिचान भएका प्रतिभावान खेलाडी समेटेर यू–१६ राष्ट्रिय टोली निर्माण गरी आगामी दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गराउने लक्ष्यसमेत आयोजकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *