काठमाडाैं । पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको नकआउट समीकरण शनिबार पूरा भएको छ । यु–१६ गल्र्स र यु–१२ ब्वाइजमा क्वाटरफाइनल तथा यु–१६ ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको हो ।
यु–१६ गल्र्समा प्याराडाइस रिडर्स एकेडेमीले कौस्तुभ एकेडेमी, साम्तेन मेमोरियले गोल्डेनपिक, ब्रम्हकुञ्जले एनबीएफ र आयोजक भ्याली पब्लिकले माछापुच्छ्रेसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
यु–१२ ब्वाइजको क्वाटरफाइनल मित्रश्री पाठशाला र एआईए, भ्याली पब्लिक र ब्रम्हकुञ्ज, रिब्स र डाफोडिल तथा एनबीएफ र युरो स्कुलबीच हुनेछ ।
यु–१६ ब्वाइजको प्रिक्वाटरफाइनलमा टिम आश्रमले मार्वलस, एआईएले निम्स, भ्याली पब्लिकले ब्लुम नेपाल, रिब्सले थ्री स्टार, माछापुच्छ्रे कौस्तुभ, एलआरआईले हिमालयन वल्र्ड स्कुल, ग्यालेक्सी पब्लिक स्कुलले दीक्षालय र डाफोडिलले वेदव्यासको सामना गर्ने छन् ।
