जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै साविक विजेता बायर्न म्युनिखले भीएफबी स्टुटगार्टमाथि ५–१ गोलको शानदार जित निकाल्दै उपाधि रक्षा अभियानको सुखद सुरुआत गरेको छ ।
बायर्नका लागि दायोट उपामेकानोले २१औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमै ५२औँ मिनेटमा जोशा भाग्नोमानले स्टुटगार्टका लागि गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
तर बराबरी लामो समय टिकेन । ५५औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । त्यसको केही समयमै ५७औँ मिनेटमा भोग्नोमानकै आत्मघाती गोल भएपछि बायर्न ३–१ ले अघि बढ्यो ।
त्यसपछि ८२औँ मिनेटमा अलेक्जान्डर पाभ्लोभिचले चौथो गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा लुइस डियाजले गोल थप्दै बायर्नलाई ५–१ को शानदार जित दिलाए ।
यस जितसँगै बायर्नले तीन अंक जोड्दै नयाँ सिजनको उत्कृष्ट सुरुआत गरेको छ ।
