सुनसरी । सुनसरीको रामधुनीस्थित झुुम्कामा जारी झुम्का च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक झुम्का फुटबल क्लब ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पिप्राहा मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा राजबास युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै झुम्काले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

झुम्कालाई जित दिलाउन धिरेन क्षेत्री र सलोन जिमीले १-१ गोल गरे । खेलको म्यान अफ द म्याच विजेता टिम झुम्काका सलोन जिमी भए । उनले नगद १,१११ रुपैयाँ पुरस्कार प्राप्त गरे । च्यालेन्ज कपमा बुधबार मधेसा युवा क्लब र विराटनगर स्पोर्ट्स एकेडेमीबीच चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल हुनेछ।

झुम्का फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ र आसपासका क्षेत्रका आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *