आयोजक ग्रिनफिल्ड १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

ग्रिनफिल्डले इनोभेटिभलाई ३१–२२ ले पराजित गर्यो । ग्रिनफिल्डको जितमा अजय मगरले १० अंक योगदान गरे । सिनियर गल्र्समा सेजल रोकाको २३ अंक सहयोगमा रेडियन्टले काठमाडौं भ्यालीलाई ४३–३० ले हराउदै सेमिफाइनलमा पुग्यो ।

सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकले ज्ञान निकेतनलाई ६२–४५, संस्कृति इन्टरनेसनल स्कुलले राइजिङ स्टारलाई ५७–४८, इनोभेटिभले क्षेत्रज्ञलाई ५३–४०, मार्वलसले ब्राइट होराइजनलाई ५९–५६, काठमाडौं भ्यालीले काठमाडौं जेभियर्सलाई ६६–४८, सनसाइनले साइन मोडेललाई ४४–३१, गण्डकीले न्यु जेनिथलाई ४४–३२ र पुष्पसदनले एन्जल लर्डलाई ४६–४४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

रेडियन्ट पब्लिकका अनिश श्रेष्ठले ११, संस्कृतिका अभिग्न श्रेष्ठले २७, इनोभेटिभका कल्याण मगरले २०, मार्वलसका रोशन कुश्वाहले १९, काठमाडौं भ्यालीका जिग्मे लामाले २२, सनसाइनका विशाल खड्काले २०, गण्डकीका तपेन्द्र ओडले १० र एन्जल लर्डका मात्रिका बुढाथोकीले २२ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *