काठमाडौं । किङ्स क्रिकेट एकाडेमी,रोयल  स्पोर्ट्स पार्क र  त्रिकल्प ईभेन्ट्स को आयोजनामा भैइरहेको किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२मा  याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स  सेमिफाइनल प्रवेश गरेको छ ।

रोयल स्पोर्टस पार्कमा  सम्पन्न भएको पहिलो क्वार्टरफाइनलमा पाङोलिन ट्राभल्सले बाकयार्ड ए लाई १७ रनले पराजित गर्‍यो ।

पाङोलिन ट्राभल्सले ५ विकेट गुमाएर ९७ रन बनाउएको थियो। पाङोलिन ट्राभल्स का लागि रविले ३७ र सुमितले  २८ रन बनाए ।

जवाफमा बाकयार्ड ए ले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८० रन मात्र बनाउना सक्यो । 

अर्को क्वार्टरफाइनलमा याङ्री बोईज ले द क्यानन क्लब माथि ३५ रनको शानदार जित निकाल्यो । याङ्री बोईज ले ५ विकेट गुमाएर ७२ बनाएको थियो । याङ्री बोईज का लागि कृशले ३९ रनको योगदान दिए। जवाफमा द क्यानन क्लब ले ७ विकेट गुमाउदै ३७ रन मात्र बनायो । 

त्यस्तै, बाकयार्ड बि ले मिक्समाण्डुलाई ३२ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । बाकयार्ड बि ले ६ विकेट गुमाउदै ८७ रन बनाएको थियो। बाकयार्ड बिका लागि  सक्षम ले उत्कृष्ट  पारि खेल्दै ६९ रन बनाए । जवाफमा मिक्समाण्डुले  ७ विकेट गुमाएर ५६ रन मात्र बनायो ।

चौथो क्वार्टरफाइनलमा रोयल स्पोर्ट्स पार्क ब्लु ले टिम एन्टि बायोटिक्स लाई २६ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो । रोयल स्पोर्ट्स पार्क ब्लुले ६२ रन बनाएको थियो भने टिम एन्टि बायोटिक्स ३७ रन मै रोकियो । यससँगै  याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स  प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल भदौ ८ गते सोमबार रोयल स्पोर्टस पार्कमा  हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *