साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासरले अल तावुनलाई २–१ गोलले पराजित गर्दै विजयी यात्रा जारी राखेको छ ।
घरेलु मैदानमा अल नासरको पुनरागमन जितमा सामु कोस्टा र क्रिस्टियानो रोनाल्डोले गोल गरे। अल तावुनका लागि मोहम्मद अल हुरैजीले गरेको गोल सान्त्वना बन्यो ।
अल तावुनका हुरैजीले ११औँ मिनेटमै गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा सामुले गोल गर्दै अल नासरलाई १-१ बराबरी अबस्थामा ल्याए। त्यसपछि ५०औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीको जित पक्का गरे ।
यस जितसँगै अल नासरले लिगमा लगातार चार खेल जित्दै १२ अंक सहित शीर्ष स्थानमा छ ।यो गोलसँगै उनी अल नासरको साउदी प्रो लिग इतिहासमा सर्वाधिक १०४ गोल गर्ने खेलाडीसमेत बनेका छन् ।
