जारी फिफा विश्वकप २०२६ को रेफ्री भूमिकाबाट निकालिएका नेदरल्याण्डसका शिर्ष फिफा रेफ्री रब डाइपरिन्कको मृत्यु भएको छ । ३८ बर्षीय डच रेफ्री रबको मृत्युबारे डच फुटबल एसोसिएशनले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ ।
उनको मृत्युको कारणबारे भने अझै खुलाइएको छैन । यद्यपि त्यसबारे पुलिसले आवश्यक अनुसन्धान र छानबिन गरीरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
खासगरी रबले फिफा विश्वकपमा खेलाउने लगभग तय भईसकेको थियो । तर, एकाएक यौनजन्य अपराधको आशंकामा पक्राउ परेका थिए । लण्डनमा एक नाबालकमाथि यौनजन्य अपराध गरेको आशंकामा रब पक्राउ परेका थिए । तर, उनी पक्राउ परे लगतै सफाई पाएर छुटेका थिए ।
रब पक्राउ परेको खबर बाहिरिए पछि फिफाले समेत उनलाई फिफा विश्वकपको निर्णायक टोलीबाट बाहिर निकालेको थियो । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, यो घटनापछि रब मानसिक रुपमा विक्षिप्त बनेको बताइएको छ । उनको निधनप्रति हाल धेरैले दुःख व्यक्त गरिरहेका छन् ।
