स्पेनका २७ वर्षीय डिफेन्डर मार्क कुकुरेलाले विश्वकप जितेपछि राष्ट्रिय टोलीबाट सन्यास लिने संकेत गर्दै फुटबल जगतलाई भावुक बनाउने बयान दिएका छन् । युरोपियन च्याम्पियनसिपको उपाधि जितिसकेका कुकुरेल्लाको नजर अब विश्वकप ट्रफीमा छ ।

कुकुरेलाले भनेका छन्, “यदि स्पेनले विश्वकप जित्यो भने, म भोलिपल्टै लुइस डे ला फुएन्तेलाई फोन गरेर राष्ट्रिय टोलीबाट सन्यास लिनेछु । युरो र विश्वकपको उपाधि जितिसकेपछि तपाईंले अझ धेरै के नै माग्न सक्नुहुन्छ र?”

२७ वर्षको उमेरमै देशका लागि फुटबलको सबैभन्दा ठूलो उपलब्धि हासिल गरेपछि राष्ट्रिय टोलीबाट बिदा हुने उनको यो निर्णय साँच्चिकै भावुक हुनेछ । स्पेनको जर्सीमा उनको मेहनत, संघर्ष र समर्पणपछि विश्वकप फाइनल नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्न सक्ने सम्भावनाले समर्थकहरूलाई झनै भावुक बनाएको छ ।

अब स्पेन र अर्जेन्टिनाबीच हुने विश्वकप फाइनल कुकुरेल्लाका लागि केवल उपाधिको खेल मात्र होइन, उनको राष्ट्रिय टोलीको करियरको सबैभन्दा ठूलो क्षण बन्नेछ । यदि स्पेनले उपाधि जित्यो भने, कुकुरेलाले भनेझैँ उनी २७ वर्षकै उमेरमा विश्व च्याम्पियन बनेर स्पेनको जर्सीलाई बिदाइ गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *