फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा) लाई कीर्तिमानी आर्थिक सफलता दिलाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको छ, जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो ।

फिफाले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज तथा दोस्रो बजार (सेकेन्डरी मार्केट) मा टिकट खरिद-बिक्रीबाट अपेक्षाभन्दा धेरै आम्दानी भएको हो । सेकेन्डरी बजारमा टिकट कारोबार हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५-१५ प्रतिशत शुल्क लिने व्यवस्था रहेको छ, जसले आम्दानीमा ठूलो योगदान पुऱ्याएको जनाएको छ ।

फिफाले यो अतिरिक्त आम्दानीको एक हिस्सा सदस्य राष्ट्रका फुटबल संघहरूलाई उपलब्ध गराइने आर्थिक सहयोग बढाउन प्रयोग गर्ने जनाएको छ । यसबाट विश्वभरका फुटबल विकास कार्यक्रम, पूर्वाधार निर्माण तथा युवा प्रतिभा उत्पादनमा थप लगानी हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *