फुटबल इतिहासकै सबैभन्दा अचम्मको संयोग मानिएको स्पेनिस युवा स्टार लामिन यमालसँगको तस्बिरलाई लिएर अर्जेन्टिनी लेजेन्ड लियोनेल मेस्सीले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएका छन् ।

बार्सिलोनाका युवा स्टार लामिन यमाल सानो शिशु छँदा मेस्सीले बाथटबमा नुहाइदिँदै गरेको सन् २००७ को ऐतिहासिक तस्बिर पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

बाथटबमा नुहाइदिएको बालक आफूविरुद्ध विश्वकप फाइनलमा खेल्ने भएपछि मेस्सीले सो संयोगलाई अविश्वसनीय बताएका हुन् ।

उनले भने, “इमानदार भई भन्नुपर्दा, यो त एउटा अविश्वसनीय संयोग हो ! त्यो समयमा म बार्सिलोनामा भर्खरै आफ्नो पहिचान बनाउँदै गरेको १९ वर्षको ठिटो थिएँ । मलाई अझै सम्झना छ, म निकै लजालु स्वभावको थिएँ र त्यति सानो बच्चालाई कसरी समात्ने भन्ने कुराले निकै अप्ठ्यारो महसुस भइरहेको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *